काठमाडौँ । वरिष्ठ अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोभिड १९ संक्रमणबाट ग्रसित थापाको सोमबार राती गंगालाल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
एक महिना अघि कोभिड संक्रमण पुष्टि भएपछि उहाँलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर पछि अवस्था जटिल भएपछि गंगालालम भर्ना गरिएको थियो । झण्डै दुई हप्ता भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उहाँको अवस्थामा सुधार आएको थिएन ।
डा.थापा विश्व बैंकका अतिरिक्त निर्देशक समेत हुनुभएको थियो भने त्यसअघि २०५१ सालमा भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकार हुनु भएको थियो । त्यसपछि सुरेन्द्र पाण्डे र युवराज खतिवडा अर्थमन्त्री हुँदा पनि उहाँ सल्लाहकार टिममा बसेर काम गर्नु भएको थियो ।