काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ भने थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकाहरु मध्ये २ हजार ६ सय ३५ जना काठमाडौँ उपत्यकाका हुन ।
मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका चार लाख ७२ हजार ३५४ पुगेको छ । हालसम्म तीन लाख ५२ हजार ४१४ जना कोरोनामुक्त भएका छन् । हाल एक लाख १४ हजार ५२९ जना आइसोलेशनमा छन् ।
हालसम्म पाँच हजार ४११ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले कोरोनाबाट निको हुने दर ७४.६ प्रतिशत रहेको जनाएको छ । हाल ७५२ जना क्वारेन्टिनमा छन् ।



















