काठमडौं । रगतको चरम अभाब भएको कारण जेष्ठ १ गते शनिवार रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रण हुने भएको छ। रातोपुलको नेशनल बाथ रोग सेन्टरमा हुन लागेको रक्तदानमा कोभिडका बिरुद्ध पूर्ण सावधानी अपनाईने र प्रहरीसंग सहकार्य गरिने बताइएको छ।
लाईन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मंचको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा रक्तदातालाई त्यहाँसम्म आउने वातावरण मिलाउन आयोजक पक्ष लागिरहेको बताइएको छ ।
आयोजकले रक्तदान गर्न सम्पूर्णलाई आव्हान पनि गरेको छ। नेपाल रेडक्रस सोसाईटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीको पनि रगत अभावले अपरेसन हुन नसकेको बताए पछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको लाईन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्डस्का अध्यक्ष भुषणकुमार श्रेष्ठ बताएका छन् ।
उनले भनेका छन् “यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुई–दुई हप्तामा सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौ। यस्तो अवस्थामा हामी बाहिर निस्कदैनौ, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौ ।”
























