काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउन सिफरिस भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र काठमाडौंको बैठकले निषेधाज्ञाको अवधी लम्ब्याएर कडाइका साथ लागू गर्नुपर्ने निर्णय गरेको हो ।
उपत्यकाका बिभिन्न अस्पतालमा कोरोनाका बिरामीको चाप बढदै गएपछि निषेधाज्ञाको अवधि बढाउनु परेको बताइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।
उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिंदैछ ।
























