काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिरको सात हजार डोज औषधि बंगलादेशबाट आज काठमाडौं आइपुगेको छ ।
विभागका प्रवक्ता सन्तोष केसीका अनुसार थप डोज भोलि नेपाल आइपुग्नेछ । उहाँका अनुसार मुलुकका विभिन्न अस्पतालमा आजैदेखि उक्त औषधिको वितरण सुरु गरिनेछ । उक्त औषधिलाई काठमाडौं र प्रदेशस्थित कोभिड अस्पतालहरुमा पठाउने जनाइएको छ ।

























