काठमाडौ । उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच बैठक सुरु भएको छ ।
काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा चलिरहेको बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे छलफल भइरहेको बताइएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेलगत्तै आज अर्को छलफल भएको हो ।
संक्रमित धेरै देखिएका ठाउँमा भीडभाड कम गर्ने रणनीति तय गरिने बताइएको छ । काठमाडौँका प्रजिअ पराजुलीका अनुसार सार्वजनिक यातायातको भीडभाड नियन्त्रण गर्ने गरी बैठकले रणनीति तयार गर्नेछ । होटल, रेष्टुराँमा पनि कडाइ गर्ने प्रशासनको तयारी छ ।