काठमाडौं । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम् प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा सहज डिजिटल कारोबारका अलावा पृथक एवं ग्राहकमैत्री सेवाका लागि मोबाइल बैंकिङ एपमा कस्टुमर केयरको सुरुवात गरेको छ ।
आफ्ना लाखौं ग्राहकहरूको समस्या यथाशीघ्र समाधान तथा गर्नका लागि बैंकले एनआईसी एसिया मोबाइल बैंकमार्फत् नवीन कार्यको थालनी गरेको जनाएको छ । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउने क्रममा कस्टुमर केयरबाट डिजिटल बैंकिङ प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको एनआईसी एसिया मोबाइल बैंक एपभित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधालगायतका सुविधाहरु राखिएको बैंकले जनाएको छ ।
ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी बैंकका सेवासम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ आवश्यकतालाई हरसम्भव बैंकसमक्ष पु¥याउन यो सुविधाको सुरुवात प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आममानिसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
२२ लाखभन्दा बढी ग्राहकहरुका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोडभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।