काठमाडौं । राष्ट्रपतिद्वारा एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत –सिईओ) रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६÷०५÷३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७÷१२÷२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो ।
साथै, सोही विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गर्नुभयो । बैंकले प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई हार्दिक बधाई ज्ञापन गरेको छ भने बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।