काठमाडौं । दक्षिण कोरिया सरकारले सम्पूर्ण विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने जनाएको छ ।
कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्यार्इ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने त्यहाँको नेपाली दूतावासले जानकारी दिएको ।
कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे नसोधिने भएको छ । दक्षिण कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको जनाउँदै मन्त्रालयले दूतावासलाई पत्र लेखेर कोरियामा रहेका सबै नेपालीलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध समेत गरेको छ ।
दूतावासले कोरियामा कार्यरत सम्पूर्ण श्रमिकलाई कोरोना परीक्षणमा सहभागी हुन आग्रह गरेको जनाइएको छ ।