बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीनदिने इराक भ्रमण समाप्त भएको छ ।
इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गर्नुभएको थियो । उहाँले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गर्नुभएको थियो ।
आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताउनुभयो ।
उहाँले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिनुभएको थियो जसमा उहाँले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राख्नुभएको थियो ।