साओ पाउलो । ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिन थप १५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको छ ।
यससँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।
ब्राजिलमा एकै दिन ६९ हजार ६०९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ ।
दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो ।