रोम । इसाई धर्मगुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो । पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्नुहुनेछ ।
उहाँले इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्नुहुने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नुहुने इराकी अधिकारीहरुले बताएका छन् । इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ । रासस÷एएफपी