काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकको विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हो ।
उक्त बैठकमा आगामी २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म नेकपा र प्रचण्ड समूह दुबैलाई सत्ता समीकरणमा समर्थन नगर्ने जनाउँदै आएको छ ।


















