काठमाडौं । सरकारसँग वार्ता गर्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको छ ।
वार्ता टोलीको अर्का सदस्यका रुपमा उदय चलाउने ‘दीपक’ रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
सरकारले आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली बनाएको हो ।
उता ‘विप्लव’ नेतृत्वको नेकपाले वार्ताका लागि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ हुनुपर्नेलगायतका माग अघि सार्दै आएको छ ।