काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज औपचारिक उद्घाटन गर्नु भएको छ ।
२०७२ को भूकम्पपछि भवनको प्रबलीकरण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो । अब प्रधानमन्त्री कार्यालय त्यही सर्नेछ ।
सिंहदरबार भवनका चार मोहडामध्ये उत्तर, दक्षिण र पूर्वी मोहडाको पुनर्निर्माण सकिएको छ भने पश्चिम मोहडा असारसम्म सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
वि।सं।२०३० मा भएको आगलागीपछि उत्तर, दक्षिण र पूर्वी मोहडा पक्की संरचनामा निर्माण गरिएको थियो।
पश्चिम मोहडा भने आगलागीमा नपरेका कारण पुरानै संरचनामा रहेको थियो । भूकम्पले क्षति पुर्याएपछि यो मोहडा पुरानै संरचनामा निर्माण गरिएको हो ।
प्रधानमन्त्री कार्यालय भवनलाई बलियो बनाउन स्टिल प्लेट प्रयोग गरिएको बताइएको छ।





















