काठमाडौं । अमेरिकामा एक व्यक्तिले आफ्नो यौनांग काटेर शौचालयमा फ्याँकेका छन् । न्युयोर्क शहरस्थित टोटनभिल्लेका ५० वर्षका व्यक्तिले बुधबार यौनांग काटेका हुन ।
न्युयोर्क पोष्टमा प्रकाशित समाचार अनुसार उनीसँगै बस्ने अर्का व्यक्तिले यस विषयमा प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरिएको थियो ।
प्रहरी पुग्दा शौचालयभर रगत देखिएको बताइएको छ । बाइपोलर र स्किजोफ्रेनिकको समस्या भएका ती व्यक्तिले आफ्नो हात पनि काटेको बताइएको छ ।
बाइपोलर र स्किजोफ्रेनिक डिप्रेसन र मानसिक रोग हो । उनले केही महिनादेखि उपचार नपाएको बताइएको छ ।