काठमाडौं । एन आई सी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएका छन् । संघाई निर्वाचित भएको सुखद अवसरमा एनआईसी एसिया बैंक परिवारले उनलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।
विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आएका संघई त्रिवेणी ग्रुपको निर्देशक हुन् । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याए वापत गत वर्ष नेपाल सरकारले वनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (Commercially Important Person-CIP) सम्मानबाट विभूषित गरेको थियो ।