काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनु भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।
अमेरिकी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन विजयी हुनुभएको छ, यस्तै उपराष्टपतिमा कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपतिमा बिजयी बन्नुभएको छ ।