काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
सरकारले राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरेको भए पनि राष्ट्रपति कार्यालयबाट एउटा मात्रै अध्यादेश जारी भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार राष्ट्रपति पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।



















