काठमाडौं । दसैंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकलाई विभिन्न छुट योजना ल्याएको छ । बैंकले अनलाइन सपिङ पोर्टल ‘सस्तो डिल’सँगको सहकार्यमा ग्राहकलाई छुट दिन ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको छ। योजनामा बैकको मोबाइल बैंकिङ एपबाट क्युआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट पाउने बताइएको छ । बैंकले फर्स्ट कम फर्स्ट सर्भका आधारमा छुट प्रदान गर्नेछ। योजना असोज २७ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंकका देशभर ८३ वटा शाखा, १५ बिस्तारित काउन्टर, ८१ एटीएम सञ्चालनमा छन्।