काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले VG Automobiles Pvt. Ltd. बाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १२,०००/– नगद छुट तथा रू. ३,०००/– नगद फिर्ता गरी कुल रू. १५,०००/– रकम छुट प्राप्त गर्ने समझदारी भएको बताइएको छ ।
बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू तथा भीजी अटोमोवाइलस्को तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोवाइल्सका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १५०००/– रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बताइएको छ ।
डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको एनआईसी एसिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको छ । यसै क्रममा भीजी अटोमोवाइलसँगको यो सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।
बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ । जस मार्फत वहाँहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नुहुनेछ । एनआईसी एसिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ ।
यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।