काठमाडौं । सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको छ । बैंकले २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो । सा योजनामा सहभागी हुन १५ दिन बाँकी रहेको स्मरण गराउँदै बैंकले समयमै मौकाको फाइदा उठाउनु ऋणीहरूमा पुनः आह्वान गरेको छ । बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यो योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको जनाएएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब रू. ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको जानकारी समेत गराएको छ ।
योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिता रहेको जानकारी दिँदै बैंकले आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त विषम परिस्थिति पश्चात् ग्राहकहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने विश्वास लिएको छ ।
कर्जा उपभोग गरिरहेका र भविष्यमा एनआईसी एसिया बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको जनाएको छ ।
कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले ‘कर्जा सहायता केन्द्र’ मार्फत जिज्ञासा तथा गुनासोहरू गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरूले HELP टाइप गरी ३४४८८ मा एसएमएस मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने एनआईसी एसिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।