काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएअनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ।
आज थपिएकाहरु मध्ये काठमाडौं उपत्यकाका मात्रै २०० जना छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका छन्।
सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् । ३ हजार ७ सय ७२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भएका छन् । योसँगै नेपाल हालसम्म १७ हजार ९६४ जना निको भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।




















