काठमाडौँ । पछिलो २४ घण्टामा कोरोना भाइरसका संक्रमितहरु ६ सय ८१ जना थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५५२ पीसीआर परीक्षण गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार ९ सय ३८ पुगेको बताएका छन् ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले ११ हजार ११८ सक्रिय सङ्क्रमितहरू रहेका छन् । संस्थागत आइसोलेसनमा सातहजार ९८७ र होममा तीनहजार १३१ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ५७१ रहेका छन् । संक्रमितहरु मध्ये १ सय ३१ जनाको आईसीयु र ६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किएकाहरुको संख्या १७ हजार ७ सय जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।




















