काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १७३ जना महिला छन् भने ४०८ जना पुरुष छन् । उनीहरुमध्ये काठमाडौं उपत्यकाका १६८ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन्। यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
हाल १५ हजार १ सय ९८ जना क्वारेन्टाइनमा छन्। सोमबार ११ हजार ५ सय २० जनाको परीक्षण भएको छ। हाल ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्। होम आइसोलेसन २ हजार ६ सय १ जना छन्। संक्रमित मध्ये १ सय १३ जनाको आइसियुमा उपचार भइरहेको छ भने ६ जनाको उपचार भेन्टिलेटरमा राखेर भइरहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । रौतहट, मोरङ र काठमाडौंमा १÷१ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।र



















