काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७२ जना काठमाडौं उपत्यकाका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ। पछिल्लो २४ घण्टामा १२ हजार २४७ परीक्षण गरिएको थियो । हालसम्म पाँच लाख १७ हजार नौ सय ७ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३४ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ।
त्यस्तै कोरोनाका कारण आज दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।



















