काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका समेत गरेर संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ हजार २०१ पुगेका छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ।
नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।




















