काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ ।



















