काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ४ सय ८१ जनाको नमुना परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।
त्यस्तै २४ घण्टायता नेपालमा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धनुषामा ३, काठमाडौंमा १, धादिङमा १ जना, सप्तरी राजविराजमा १ एक, कपिलवस्तुमा १ जना र बारा कलैयाका एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।



















