काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ७१ जना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा १६ हजार ६ सय ६४ जना उपचारपछि संक्रमण मुक्त भएका छन् । हालसम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ।
हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तेै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । थप ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले आज पुष्टि गरेको छ ।



















