काठमाडौं । आइतवार बिहान गोगंबुमा हत्या गरि फालिएका दाङका कृष्णबहादुर बोहोराको हत्या आरोपी कल्पना मुडभरी पौडेल पक्राउ परेकी छन । प्रहरीले उनलाई चितवनबाट पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो । उनले बोहोराको हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।
महानगरिय प्रहरी परिसर काठमाडौं र महानगरिय अपराध महाशाखा काठमाडौंले कल्पनाले बोहोराको हत्या गरेको साबिति बयान दिएको जानकारी दिएको छ । कृष्णबहादुरले नक्कली फेसबुक आइडी बनाएर अन्तरङ तस्विरहरु सार्वजनिक गर्दै आफु अनुकुल चल्न दवाव दिएपछि आफुले उनको हत्या गरेको साबिती बयान कल्पनाले दिएको प्रहरीले बताएको छ ।
गत आइतवार बोहोराको टाउको काटेर सुटकेशमा, शरीर र खुट्टा जेव्रा झोलामा राखेर फालिएको अवस्थामा गोगंबुबाट प्रहरीले बोहोराको टाउको लाई फेला पारेको थियो । तलत्तै प्रहरीले जोजो नामको तालिम प्राप्त कुुकुर ल्याएर थप खानतालसी गर्दा करिव ३ सय मिटर पर खुटट र शरीर झोलामा प्याक गरेर फयाकिएको अवस्थामा फेला पारेको हो ।

घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानलाई तिब्र पारेपनि मृतकबारे पहिचान खुल्न सकेको थिएन । सोमवार प्रहरीले मृतकको टाउको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे लगत्तै पहिचान खुलेको हो । बोहोराको हत्या नै गर्नुपर्ने अरु कारण केही पनि खुल्न सकेको छैन ।
प्रेम सम्वन्ध कै कारण हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ । होटलमा बस्दै आएका कृष्णबहादुरलाई कल्पनाले बोलाएर शुरुमा दहीमा स्लिपिङ ट्यावलेट खुवाएको र उनी बेहोश भएपछि अण्डकोषमा हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरिसकेपछि कल्पनाले घटनालाई ढाकछोप पार्नको लागि टाउको काटी शरीर र खटटलाई अलग अलग बनाएर सुटकेश र झोलामा प्याक गरेर सडकमा फंयाकिदिएपछि उनी एम्वुलेन्स चढेर चितवन पुगेको प्रहरीको भनाई छ ।
घटना शंकास्पद !
शनिवार भएको उक्त घटना शंकास्पद मानिएको छ । कल्पना एक्लैले त्यो घटना कसरी घटाउन सकिन । त्यस घटनावारे अरु थप खोजीनिती गरे प्रहरीले प्रमाण जुटाउन आवश्यक छ । प्रहरीका अनुसार अन्दाजी ४०–५० बर्षका भनिएका कृष्णबहादुको टाउको प्रकृति देख्दा उनी हट्टा कट्टा छन् । उनलाई स्लिपिङ टयावलेट खुवाएर बेहोस पार्ने बितिक्कै एकजना महिलाले मात्र यत्रो जघन्य अपराध घटना कसरी गर्न सकिनन् त्यसको खोजवीन गर्नुपर्छ ।




















