काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ जना छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुने संख्या १६ हजार ३ सय ५३ पुगेको छ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा हालसम्म ७५ जना मृत्यु भएको प्रवक्ता गौतमले बताएका छन् ।
आइतबार थप २ जना संक्रमितको मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको हो । कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको मृत्यु भएको प्रवक्ता गौतमले बताएका छन् ।




















