काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १५ हजार ८१४ उपचारपछि निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० जना रहेको प्रवक्ता गौतमले बताएका छन् । हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्।
शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण गरिएको बताइएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ७० जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताएका छन् ।



















