काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएकाहरु मध्ये काठमाडौं उपत्यकाका ६२ जना छन् भने बाँकी अन्य जिल्लका हुन । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ३५९ को पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै आज १३० जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।
कोरोनाका कारण आज पर्सामा दुई जनको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६० पुगेको छ ।



















