काठमाडौं । नेपालमा २ सय ५९ जना कोरोना भाइरसको संक्रमिति थपिएका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रमाम २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।
आज थपिएका समेत गरेर नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ भने ५८ जनाको मृत्यु भएको र १५ हजार २६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म ४ लाख ६ हजार ५९४ पीसीआर परीक्षण गरिएको उनले बताएका छन्।
आज थपिएका मध्ये काठमाडौ उपत्यकामा ६२ जना छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ४८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ र भक्तपुरमा १३ जना थपिएका छन्।
योसँगै काठमाडौंमा ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ व्यक्तिमा कोरोना संक्रमण भएको छ। योसँगै उपत्यकामा हालसम्म ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



















