काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा अर्थात एकै दिन फेरि ४ सय १८ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संक्रमितहरु थपिएको बताएका छन्।
नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । जसमध्ये सक्रिय संक्रमित ५ हजार ७ सय ३२ जना रहेका छन् भने १४ हजार ९ सय ६१ जना डिस्चार्ज भइसकेका छन् ।
नेपालमा हालसम्म ५७ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै हालसम्म ३ लाख ९८ हजार ९ सय जनाको आरटी/ पीसीआर नमूना संकलन भएको छ।



















