काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
आज थपिएका संक्रमित मध्ये ३१ जना काठमाडौं उपत्यकाका हुन । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
योसहित हालसम्म १४ हजार ६०३ उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।



















