काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको आज मृत्यु भएको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि साउन ६ गते अस्पताल भर्ना भएकी महिलामा उच्च रक्तचाप, निमोनिया र छातीको इन्फेक्सनको समस्या समेत रहेको अस्पतालका निर्देशक डा। विष्णु शर्माले बताएका छन् ।
हालै विरगन्जबाट काठमाडौँ आएकी ती महिला स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्टार अस्पताल पुगेकी थिइन्। उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई स्टार अस्पतालबाट पाटन अस्पताल सारेर भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अवस्थाा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना पोजिटिभ देखिएको र उनीहरु उपचार भइरहेको बताइएको छ ।




















