काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ५४७ पुगेको जानकारी दिएका छन् ।
त्यसते पछिल्लो २४ घन्टामा २२७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्युभएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगन्जका २ र मोरङ्गका १ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान उपचाररत ६८ वर्षीय पुरुष, अर्का ६० वर्षीय पुरुष र मोरङ्ग सुनवर्षि नगरपालिकाका भारतबाट आउजाउ गर्ने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।



















