काठमाडौं । नेपाला पछिल्लो २४ घन्टामा थप २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । आज थपिएका मध्ये १५ जना काठमाडौं उपत्यकाका हुन । काठमाडौंमा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेका छन् ।
त्यस्तै बुधबार थप १ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म उपचार पछि निको हुनेहरु १४ हजार २१ जना पुगेका छन् ।
हाल ५ हजार २ सय ३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



















