काठमाडौं । माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको छ । कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणीहरूले साँवार ब्याजसहितको किस्ता रकम बिद्युतिय माध्यमबाट भुक्तानीगर्न सक्ने गरिभएको सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लि. का नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफम्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता पछि अबजुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईनपोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँव्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसाार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।