काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले मंगलबार दिएको जानकारी अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ भने जम्मा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २१ जना संक्रमण मुक्त भएसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको प्रवक्ता गौतमले बताएका छन्।
आज थपिएमध्ये ५३ जना काठमाडौं उपत्यकाका हुन् । काठमाडौंका ४८, ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा कूल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ। उनीहरुमध्ये काठमाडौंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जना छन् ।



















