काठमाडौं । नेपालमा पछिल्ले २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै संक्रमित निको भएर घर फर्किनेको संख्या १३ हजार ५३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।



















