काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
आज थपिएका समेत गरेर नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ।
त्यस्तै आज थप १ सय ७३ जना कोरोना संक्रमणमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
विगत २४ घण्टायता देशका २७ प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। हाल आइसोलेसनमा २२ हजार २ सय २८ जना छन् भने ५ हजार ९ सय ३६ जना कोरोना संक्रमित उपचाररत छन्।
नेपालमा हालसम्म ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ।



















