काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका २ सय ३२ समेत गरेर संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।
त्यस्तै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।



















