काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये ७१ जना महिला र २४५ जना पुरुष हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ।
त्यस्तै हालसम्म ३ सय १९४ जना संक्रमणमुक्त भएका छन् भने २९ जनाको मृत्यु भएको छ ।



















