काठमाडौं । नेपालमा पछिलो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुमध्ये १ सय १२ महिला र ३ सय ६४ पुरुष छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका समेत गरेर कोरोना संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको बताएका छन्।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १ सय २१ जना डिस्चार्ज भएका छन्।
हालसम्म महिला २ सय ६६ र पुरुष २ हजार ८ सय ६६ गरी जम्मा ३ हजार १ सय ३४ जना डिस्चार्ज भएका छन्। त्यस्तै हालसम्म कोरोना भाइसर पुष्टि भएका २९ जनाको मृत्यु भएको छ ।



















