काठमाडौं । आइतबार नेपालमा ४ सय ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । यीमध्ये १ सय ५ जना महिला हुन् भने ३ सय ५८ जना पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन। उनले देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको बताएका छन्। हालसम्म संक्रमित मध्ये २८ जनाको मृत्यु भएको छ ।




















