काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्यावमा गरिएको परीक्षणका क्रममा उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएका छन्।
जस मध्ये १ सय ७ महिला र ४ सय ८६ पुरुष रहेको प्रवक्ता गौतमले बताएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्।



















