काठमाडौं । बुधबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार व्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।
बुधबार थपिएका ६ सय २९ नयाँ संक्रमितहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १०, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सुनसरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापाका १ र मोरङका १ जनामा रहेका छन् ।
्त्यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६, प्रादेशिक जनस्वास्थ्य प्रादेशिक जनकपुरमा धनुषाका २०, महोत्तरीका १२ र सर्लाहीका १ जनामा कोरोना भेटिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका ४, बाजुराका ७, डोटीका ४९, कैलालीका ४८, कञ्चनपुरका ८५, पर्वतका २, रौतहटका ४४ र सर्लाहीका २० मा कोरोना पोजेटिभ आएको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा धादिङका २ र काठमाडौंका १ जना, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, तनहुँका १ र नवलपरासी पूर्वका ३, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा नवलपरासी पूर्वका २ र पाल्पाका १४, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, वीर अस्पताल काठमाडौं प्रयोगशालामा अछामका १३ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका २ र कास्कीका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ९, गोरखाका १, कास्की र लमजुङका ५/५, पर्वतका १ र स्याङजाका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५, कपिलवस्तुका १, पाल्पाका १ र रुपन्देहीका १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका ९ र बर्दियाका १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ७६ र प्यूठानका १०, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४ र कालीकोटका १ जनामा कोरोना भेटिएको छ भने सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा कैलालीका १ सय ३, बाजुराका १ र कञ्चनपुरका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै २४ घण्टायता १ सय १४ जना डिस्चार्ज भएका छन् । यससँथै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमण देखिएका २४ जनाको मृत्यु भएको छ ।




















